काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।”
उहाँका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ ।
राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ असोज २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा वर्षाका कारण राजमार्ग डुबानमा, ३४ जनाको मृत्यु
पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण मर्नेको सङ्ख्या ३९ पुग्यो
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो
चितवनसहित काठमाडौंमा भिषण हावाहुरी
अष्ट्रेलियामा भारी वर्षा, सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द
सर्लाहीको चुरेमाईमा सबैभन्दा बढी वर्षा, शुक्रबारदेखि मौसम खुल्दै जाने