चोलेन्द्रकाे निवासमा तालाबन्दी,सर्वोच्चमा व्यापक सुरक्षाकर्मी परिचालन

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, ११ : ५९
चोलेन्द्रकाे निवासमा तालाबन्दी,सर्वोच्चमा व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौं । सर्वोच्च अदालत फर्किने तयारी गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले बालुवाटारस्थित सरकारी निवासमै रोकेको छ । चोलेन्द्र निस्कने गेटमा तालाबन्दी गरेर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता, सर्वोच्च परिसरमा पनि सुरक्षा सतर्कता बढाइएको छ । 

आफू बस्ने क्वाटरको गेटमा तालाबन्दी गर्दै प्रहरी खटाएर सरकारले अराजकता गरेको चोलेन्द्रको टिप्पणी छ । महाभियोग सिफारिस समितिले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गरेको छ । समितिले सो प्रतिवेदन शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको छ । तर, संसदको कार्यकाल सकिएसँगै आफ्नो महाअभियोग पनि निष्क्रिय भएको चोलेन्द्रको तर्क छ । 

जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

 

facebook sharing button

twitter sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस