चोलेन्द्रले भने–सर्वोच्च जान खोज्दा सरकारले निवासमै रोकिदियो

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, ११ : ३२
चोलेन्द्रले भने–सर्वोच्च जान खोज्दा सरकारले निवासमै रोकिदियो

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् । 

राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् । उनी सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस