चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, २१ : १३
चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित

काठमाडौं । निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित भएको छ ।

शनिवार राति बसेको ११ सदस्यीय समितिको बैठकले सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन्। महाभियोगको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीका सदस्यले हस्ताक्षर गरेका छन् । 

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपति सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस