महाभियोग समितिले चोलेन्द्रलाई भोलि पूरक प्रश्न सोध्ने

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, २० : ४१
महाभियोग समितिले चोलेन्द्रलाई भोलि पूरक प्रश्न सोध्ने

काठमाडौं ।महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार पूरक प्रश्न सोध्ने भएको छ । बिहीबार बसेको बैठकले समितिको बैठकले चोलेन्द्रलाई शुक्रबार पूरक प्रश्न सोध्ने निर्णय गरेको हो । 

बिहीबार महाअभियोग सिफारिस समितिले जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि उनीहरुसँग छलफल गरेको छ ।  समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस