काठमाडौं । साझा चुनाव चिह्नमा स्वतन्त्र उम्मेदवार हुन इच्छुकलाई लागि लौरो अभियानले आवेदन माग गरेको छ । देशभर उम्मेदवारी दिने तयारीमा रहेको लौरो अभियानले सोही चिह्नबाट चुनाव लड्ने प्रयोजनका लागि आवेदन माग गरेको हो ।
जसअनुसार अभियानले गुगल फाराम खुला गरेको छ । इच्छुकले आफ्नो नाम, इमलेल ठेगाना, जिल्ला, निर्वाचन क्षेत्र, सामाजिक कामको अनुभव, उम्मेदवारी दिनुको उद्देश्य लगायतका विषय खुलाएर आवेदन दिन अनुरोध गरेको छ ।
काठमाडौं २ नम्बर २ बाट सोही अभियानबाट उम्मेदवारी घोषणा गरेका रोहन कार्कीले इच्छुक उम्मेदवारल देशैभरबाट आवेदन दिनसक्ने बताए । शुमन सायमि संयोजक रहेको अभियानले हालै‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, १६ : १०
लेखकबाट थप