विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको छ : मन्त्री कुँवर

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १४ : ५२
विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको बताएका छन ।

आईतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारका लागि सरकार लागिपरिरहेको बताए। उनले समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए ।

उनले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए। मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताए। उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे ।

मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकार सँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि बताए।

प्रतिक्रिया दिनुहोस