जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनुषाबाट २७ जनाको नाम सिफारिस गरेको छ।
माओवादी केन्द्र धनुषा कमिटीले केन्द्रीय कमिटीमा आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुको संयुक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको हो।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्यसमेत रहेका मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ।यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव दिपक, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ।
निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले जानकारी दिए।
यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर २ का लागि योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ।प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ (क)बाट देवचन्द्र यादव र रेखा मण्डलको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखिलाल पासमान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३ (क)बाट अनिल पासमान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरिएको छ।
त्यस्तै, धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ भने ४ (ख)बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन