काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने उल्लेख गरे ।
‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’
सांसद थापाले एक दुई महिनाका लागि सेवासुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ