काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवम् कांग्रेस सांसद सुजाता कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको क्रममा बोर्डर सेक्युरिटी यिनिसियटिभ हस्ताक्षर गरेको हो वा होइन प्रष्ट पार्न माग गरेकी छिन्।
मंगलबारको संसद बैठकको सुरुमै कोइरालाले नेपालले अबलम्बन गरेको परराष्ट्र नीति विपरीत हस्ताक्षमा हस्ताक्षर गरेको कुरा चिनियाँ पक्षबाट सार्वजनिक भइरहेकाले त्यसबारे प्रष्ट पार्न आग्रह गरेकी हुन्।कोइरालाले संसदमा भनिन्,‘बोर्डर सेक्युरिटी यिनिसियटिभ अघि बढाउने कुरा परराष्ट्रमन्त्रीले गर्नुभयो भन्ने चिनियाँ पक्षबाट आइरहेका छन्। यस विषयमा सरकारसँग प्रष्ट पार्न अनुरोध गदर्छु। नेपाल कुनै पनि सैन्य सम्झौतामा रहँदैन। यसबारे परारष्ट्रमन्त्रीले जानकारी दिनुपर्छ।’
यस्तै कोइरालाले चीनबाट सामान नआएको विषयप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। चीनले समान रोक्दा व्यापारमा असर परेको र व्यापारीहरु आत्महत्या गर्ने स्थितिमा पुगेको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १४ : ००
लेखकबाट थप