माओवादी महासचिव देव गुरुङ लमजुङबाट उम्मेदवार सिफारिस

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १६ : १७
माओवादी महासचिव देव गुरुङ लमजुङबाट उम्मेदवार सिफारिस

 काठमाडौं ।  नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी प्रत्यक्षतर्फ लमजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका हुन् ।

माओवादी जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । बैठकले स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ । 

गुरुङ यसअघि २०७४ सालमा पनि लमजुङबाट नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी मनाङका हुन्लमजुङबाट नेकपा एमालेबाट सचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा उम्मेदवार हुनसक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस