काठमाडौं । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको 'नागरिकता ऐन संशोधन विधेयक २०७९' प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति कार्यालय पठाइने भएको छ। यसअघि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित गरि प्रमाणीकरणका लागि पठाइएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः विचारको लागि संसदमै फिर्ता गरिदिएकी थिइन्।
राष्ट्रपति भण्डारीले १४ दिन लगाएर साउन २९ गते पुन: विचारका लागि फिर्ता गरेकी थिइन्। त्यस लगत्तै प्रतिनिधि सभाले भदौ २ गते संशोधन बिनै पारित गरेको थियो। यस्तै राष्ट्रिय सभाबाट भदौ १७ गते हुबहु पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउन लागिएको संसद सचिवालयले बताएको छ।
संविधानअनुसार राष्ट्रपतिले एकपटक फिर्ता पठाएको विधेयक फेरि संघीय संसदले पास गरेर पठाएमा प्रमाणीकरण गर्नै पर्ने बाध्यकारी व्यवस्था रहेको छ। जसका कारण राष्ट्रपतिलाई पुनःविचारका लागि फेरि फिर्ता गर्ने संवैधानिक अधिकार छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १६ : ०५
लेखकबाट थप