काठमाडौं । कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही गरिएको छ। २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो।
कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमिति/अनुशासन समितिलाई जानकारी गराएको छ। गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ।
सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ।
‘उपरोक्त सम्बन्धमा पार्टिको आधिकारिक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तर्घात/असहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद माननीय अमरेश कमार सिंहलाई जिल्ला अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९/०३/०३ गते निलम्बन गरी निर्णयको प्रतिलिपि जानकारीको लागि पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति (जिल्ला उपसभापति) डा. सरोजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १५ : ५३
लेखकबाट थप