जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले धनुषा क्षेत्र नं. ३ र ४ का लागि महासेठ दम्पतीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ।
एमालेको क्षेत्रीय बैठकबाट क्षेत्र नं. ३ मा पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको नाम सिफारिस गरिएको एमाले धनुषाका जिल्ला नेता बचनदेव पंजियारले जानकारी दिए।
क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय एमाले धनुषाको जिल्ला कमिटी बैठकले प्रदेश कार्य समितिलाई निर्णय पठाउने छ। २०७४ को निर्वाचनमा महतो समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं। ४ बाट निर्वाचित भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १९ : ३८
लेखकबाट थप