काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र प्रचण्डबीच छलफल भएको हो ।
सत्ता गठबन्धनले आगामी ४ मंसिमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि हालसम्म सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्दैछ । त्यसकै तयारी स्वरुप बैठकअघि दुई शिर्ष नेताबीच छलफल भएको स्रोतले बताएको छ ।
कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । जसमा सहमति जुटाउन सहज छैन । पटकपटक बसेका बैठक सकारात्मक छलफल भएपनि बिना निष्कर्ष टुंगिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ११ : २७
लेखकबाट थप