एजेन्सी । केलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्तेसलाई ३–० गोल अन्तरले हराएको छ । शनिबार राती भएको पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । त्यस्तै नुनो मेन्डिसले एक गोल गरे ।
नान्तेसको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा एमबाप्पेको गोल मार्फत पीएसजीले सुरुआती अग्रता दिएको थियो । नान्तेस खेलको २४ औं मिनेटमा १० खेलाडीमा समेटियो । नान्तेसका फाबियोले रातो कार्ड पाएर बाहिरिए । ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । पराजित नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसजीविरुद्ध आर्सनल २–० ले विजयी
फेन्च लिगमा पीएसजीको ६-० गोलको जित
पीएसजीले १६औं पटक जित्यो फ्रेन्च कपको उपाधि
पीएसजी छाड्ने एम्बाप्पेको घोषणा
पीएसजीलाई लगातार तेस्रो उपाधि
लगातार तेस्रो उपाधि नजिक पीएसजी