जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २२ मा बिहीवार राति भइरहेको आरकेस्ट्रा कार्यक्रम बन्द गराउन पुगेका प्रहरी र दर्शकबीच झडप भएको छ ।
झडपमा प्रहरी हबल्दार सुजित कुमार झा घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।
हिन्दी र भोजपुरी अश्लिल गितमा केटी नचाइरहेको सूचना पाएपछि बन्द गराउन मध्यरातमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो । कार्यक्रम बन्द गराउन खोज्दा दर्शक र स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको बताइएको छ ।
‘सांस्कृतिक कार्यक्रम भनेर हिन्दी र भोजपुरी गितमा लेडिज नचाइरहेको थाहा पाएपछि प्रहरी पुगेको थियो’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले भने, ‘कार्यक्रम बन्द गर्न भनेपछि प्रहरीमाथि ढुङ्गामुढा गर्न थालियो । सो क्रममा प्रहरी हवलदार घाइते भएका छन् ।’
डिएसपी क्षेत्रीले प्रहरीमाथि ढुङ्गामुढा गर्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरु आयोजक नै रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते