बिचार

वाम गठबन्धनप्रति प्रधानमन्त्री देउवाको अभिव्यक्ति

शनिबार, १८ कार्तिक २०७४, ०७ : ४५


माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडि तत्कालीन मसालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ४० बँुदे माग लिएर सिहंदरबार प्रवेश गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । त्यसबेलामा मागलाई सम्बोधन गर्न्तिर लागेनन् । उक्त मागलाई तिरष्कार र अवमूल्यन गरेपछि मसालले १० वर्षे जनयुद्ध सुरु गर्यो । त्यसको सर्वत्र असर पर्यो । देश नै तहस नहस भयो । हजारौँको बलिदानी भयो । यसबाट के देखियो भने त्यतिखेर प्रधानमन्त्रीको हैसियतमा असन्तुष्टका माग सम्बोधन गर्नेभन्दा त्यसलाई कमजोर आक्ने र दूरदर्शिता नहँुदा देशले ठूलो मूल्य चुकाउन बाध्य भयो । त्यसको घाउ निको हुन अझै धेरै समय लाग्दछ ।

प्रधानमन्त्री पदमा आसिन व्यक्तिको अभिव्यक्तिले देशमा दुरगामी असर पार्दछ भन्ने समान्य हेक्का समेत नराख्दा आम नागरिकले त्यस्तो कष्ट भोग्नु पर्यो । त्यो चेतनाको स्तर आज प्रधानमन्त्री भइरहँदासम्म पनि उक्तिकै रहेछ । जुन कुरा वाम गठबन्धनका बारेमा देउवाले व्यक्त गरेको अभिव्यक्तिबाट नै प्रष्ट हुन्छ । देशलाई सन्तुलित बनाउनका लागि भूमिका खेल्नभन्दा पनि के बोल्नुपर्दछ र पदीय दायित्व के हो भन्ने समेत समान्य ख्याल राख्न नसक्दा विगतमा देखिएका विभिन्न भूमिकाले प्रधानमन्त्रीको चेतनाको मापन, स्तर र दूरदर्शिता प्रष्ट भएको छ । त्यति धेरै अर्धचेतनामा रहेको व्यक्तिको नेतृत्वमा देश चल्दा देशले कस्तो आकार ग्रहण गर्ला ? कुन परिवेश, कुन कार्यक्रम र कस्तो अवस्थामा के बोल्नु उचित हुनेछ भन्नेसमेत भेउ पाउन नसक्दा प्रधानमन्त्री देउवा पटक पटक राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्रा्ष्ट्रिय स्तरमा समेत देशको नै बेइज्जत भएका उदारहण बेग्रल्ती छन् । त्यस्तो नेतृत्वले दिने परिणम नेपाली जनताले पटक पटक भोगिसकेका छन् । यद्यापि यही असक्षमताका बीचमा पनि प्रधानमन्त्री देउवा चौथो पटक देशका प्रधानमन्त्री पदमा आसिन हुनुहुन्छ । उहाँ सौच्दै हुनुहुन्छ, देशको पाँचौँ प्रधानमन्त्री बन्ने, यो एक मात्र अभिष्टमा रुमल्लिनु नै उहाँको दैनिकी हो ।

पहिलो पटक प्रधानमन्त्री भइरहदाँ भएकमा कमजोरीलाई करेक्सन गरेर अगाडि बढ्नुभन्दा झन्झन् राष्ट्र र जनताप्रति उदासीन देउवा प्रधानमन्त्री हुन् भन्ने आम नेपाली जनतालाई भन्न गाह्रो भइरहेको छ । देश र जनताको समस्यामा समाधान गर्नु भन्दा थप्ने व्यवहारका बीचमा आएको हालैको अभिव्यक्तिले नेपालको राजनीति गर्माएको छ । यसै पनि देशमा वामपन्थीको  बाहुल्यता, त्यसमाथि एमाले होस वा माओवादी सबै कम्युनिस्ट पार्टी नै हुन् । एउटै वर्गका बीचमा हुने एकता कसरी अस्वाभाविक र अधिनायकवादी हुन सक्दछ ? संसारका कम्युनिस्टहरू एक हुन् । कम्युनिस्ट पार्टीको मूल मन्त्र यही हो । देशको आवश्यकता बोध गरेर वाम गठवन्धन गरिएको नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र एकता स्वाभाविक हो भन्नेसमेत हेक्का राख्न नसक्ने व्यक्ति पनि कस्तो प्रधानमन्त्री ? माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका चुनावी कार्यगत एकता लोकतन्त्रका लागि हुने तर कम्युनिस्ट कम्युनिस्ट पार्टीबीचको एकता कसरी अराष्ट्रवादी, कसरी, अधिनायकवादी हुन सक्दछ ? हिजो स्थानीय तहमा माओवादी केन्द्रसँग वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गरिरहँदा लोकतान्त्रिक परिपाटी सम्झने देउवा आज कम्युनिस्टको एकतालाई विखण्डनवादी देख्ने चिन्तन कति चेतनशील ? समान गन्तव्य, समान एजेण्डाका बीचमा कुनै पनि पार्टीबीचको गठवन्धन र एकता कुनै नौलो हँुदैन । कम्युनिस्टले जितेमा रुन पनि नपाउने अभिव्यक्ति दिने प्रधानमन्त्री देउवा लोकतन्त्र र प्रजातन्त्रका वकालत गरिरहँदा आम नेपाली जनताले के सोचे होलान् ? विषय गम्भीर छ ।

देशमा कम्युनिस्ट शासन आएमा वृद्धवृद्धलाई गोली ठोकेर मार्नेछन् भन्ने अभिव्यक्ति दिएको लामो समय नभएको नेपाली काङ्ग्रेस र त्यसको नेतृत्वकर्तालाई अहिले देशमा भएको वाम एकतालाई निरङ्कुशता लाद्ने काङ्ग्रेसको घोषणा पत्र र अभिव्यक्तिमा आएको छ । कम्युनिस्टका नौ महिने शासनकाल होस वा त्यसपछिका कम्युनिस्ट सरकारले गरेको काम कारवाहीलाई सूर्यलाई हत्केलालाई छोप्न खोजेझँै छोप्नु खोजिएको छ । गिर्दो मानसिकतामा ओर्लेको प्रधानमन्त्री देउवा वाम एकीकरणले झनझन् विचारशून्य र अविचारणीय अभिव्यक्तिहरू देखिएको पाइन्छ । प्रजातन्त्र र लोकतन्त्र हँुदै देशमा गणतन्त्र आइसकेको सन्दर्भमा सबैको सम्मान गर्दै देशको नेतृत्व गर्नुपर्नेमा देशलाई अनिर्णयको बन्दी बनाउनका लागि उद्यत रहेको पाइन्छ । देशमा संविधान कार्यान्वयनपछि भएको स्थानीय तहको निर्वाचन पाश्चात देशमा विकास र समृद्धिको ढोका खोल्ने आशामा बसेका नेपाली जनता प्रधानमन्त्री देउवाका अभिव्यक्तिले झनझन निराश र आक्रोशित बनाएको  छ । हिजो त्यही कम्युनिस्टको वैशाखी टेकेरे प्रधानमन्त्री भएका देउवा आज आएर कम्युनिस्ट अधिनायकवादी देख्नु भनेको कमजोर वैचारिक धरातलको आधार शिवाय केही होइन । प्रजातन्त्रमा वैचारिक प्रतिष्पर्धालाई सहज ठानिन्छ र आवश्यकता पनि यही हो । तर विचार शून्यतामा दिएको अभिव्यक्तिले प्रधानमन्त्री देउवाको चेतनास्तर कस्तो रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ ।

पटक पटक सरकारको नेतृत्व गरेर प्रधानमन्त्री बनेका देउवा हिजो शाही कालमा होस वा अन्य बेलामा नै असक्षम सावित भइसकेका व्यक्ति हुन् । यसमा कुनै दुविधा छैन । जोसँग जे छ, त्यही दिने हो । त्योभन्दा बढी आशा गर्नु भनेको जनताको कमजोरी शिवाय केही हुन सक्दैन । हुटिट्टयाउँले आकाश धान्न नसकेझैँ प्रधानमन्त्री देउवाले देशको नेतृत्व गर्न सक्दैनन् । पटक पटकका अवसरले यो प्रमाणित गरेको छ । व्यक्तिमा भएको कार्यक्षमता र कुशलताले नेतृत्व गर्ने हो । आवेश र आवेगको नेतृत्वकर्ताबाट यो सम्भावना छैन । विचार, सिद्धान्तभन्दा पनि आफू अनुकूलतालाई नै प्रजातन्त्र देख्ने देउवा र नेपाली काङ्ग्रेसकोको नेतृत्वले देशको विकास र समृद्धि गर्न सक्दैन भन्ने कुरा बुझन अब ढिला गर्नु हुँदैन । जति हामी यही जङ्जालमा रहनेछ, त्यति नै पछाडि पर्नेछौँ । वाम एकतालाई सत्ता नियन्त्रण गरी साम्यवाद स्थापना गर्न लागेका बताउने देउवा नेपाली काङ्ग्रेसले अवलम्बन गरेको समाजवादको वकालत मार्फत नै जनतालाई आकर्षित बनाउन सक्नुपर्दछ । एक्काइसौँ शताब्दीको यो प्रविधिको युगमा पनि हिजोको जनता सम्झनु भनेको देउवाको अदक्षता शिवाय केही हुन सक्दैन । स्वच्छ वैचारिक बहसबाट मात्र नयाँ नेपाल र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ भन्नेसमेत समान्य हेक्का हुनुपर्छ । जिम्मेवार पदमा रहेर देशको नेतृत्वकर्ताले बेल्ने शैली र भाषामा सहजीकरण गर्न नसक्दा नेपाल र नेपालीको छवीमा अन्तर्रा्ष्ट्रिय जगतमा पर्ने असरको जिम्मेवारी लिने कसले ? प्रधानमन्त्री देउवाज्यू, जवाफ चाहियो । बीबी श्रेष्ठ

 

 

प्रतिक्रिया दिनुहोस