काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र मात्रै नभएर प्रतिगामी दिशामा गइसक्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका अधिकारको रक्षा र कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गरिएको बताए ।
‘हामीले एमालेबाट विद्रोह नगरेको भए अहिले नेपालको राजनीति एउटा ठुलो सुरुङभित्र मात्रै होइन प्रतिगामी दिशामा गइसक्ने थियो’, अध्यक्ष नेपालले भने, ‘प्रतिगामी बाटोमा गइसक्ने थियो । जनताका सबै अधिकारहरू हनन् भइसक्ने थिए । कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीले ठुलो कलंकको टिका लगाउनुपर्ने स्थिति भइसक्ने थियो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्ने आवश्यकता महशुस गरेर नै समाजवादी गठन गरेको बताए । ‘पुनर्गठन मात्रै होइन रुपान्तरण गर्ने महशुस गरेर यो पार्टी गठन गरेका हौ’, अध्यक्ष नेपालले भने, ‘हामी कम्युनिस्ट पार्टीलाई जनताको माझमा स्थापित गर्न इमानदारिताको राजनीति गर्न चाहान्छौँ ।’ उनले अनेरास्ववियुका नेता कार्यकर्तालाई मंसिरमा हुने निर्वाचन केन्द्रीत भएर जिल्ला, वडा र पालिका तहमा पुग्न निर्देशन समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल