मेयर बालेन्द्र शाहलाई ‘भष्म गरिदिन्छु’ भन्ने व्यक्ति पक्राउ

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, ११ : ५०
मेयर बालेन्द्र शाहलाई ‘भष्म गरिदिन्छु’ भन्ने व्यक्ति पक्राउ

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घरमा गएर ‘भष्म गरिदिन्छु’ भन्ने एक व्यक्ति एकजना पक्राउ परेका छन् ।जोगीको भेषमा रहेका उनी ‘भष्म गरिदिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको उनले जानकारी दिए ।घरभित्रै पसेर ‘भष्म गरिदिन्छु’ भन्दै बालेनलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो । जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो ।

जोगीले आफूलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सडकमा भीडभाड भएको थियो ।पछि प्रहरी आएर उनलाई लगेको थियो । मेयर बालेन पछिल्लो समय अवैध संरचना भत्काउँदै हिँडेकाले उनीविरुद्ध सक्रिय गिरोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस