बालेनजी जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ : रवीन्द्र मिश्र

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १५ : ११
बालेनजी जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसा गरेका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत  काठमाडौं उपत्यकामा नक्सा पासबिना निर्माण गरिएको संरचना हटाएकोमा मेयर बालेनको प्रशंसा गर्दै नियम कानुनको ख्याल गर्न आग्रह गरेका छन् ।

उनले पार्किङस्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्सा विपरीतका अग्ला घर सबैमा डोजर लगाउनुपर्ने पनि बताएका छन् ।'बालेनजी, जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ । नियम-कानुनको चाहिँ अलि ख्याल गर्नुहोला । अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ' उनले भनेका छन्, 'पार्किङस्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्सा विपरीतका अग्ला घर सबैमा डोजर लगाउनै पर्ने छ ।'

साथै उनले नियम कानुनको ख्याल गरेर काम गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन् 'मैले नियम-कानुनमा किन जोड दिएको भने हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन । चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन । तपाईं राज्य हो । नियम-कानुन तोड्नेहरू व्यक्ति हुन् । राज्यले नियम-कानुनको पालना नगर्दा नै आज देशको हबिगत यस्तो भएको हो ।'

प्रतिक्रिया दिनुहोस