१७ सय उम्मेदवारले बुझाएनन् खर्च विवरण

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १३ : ५७
१७ सय उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका धेरै जनाले खर्च विवरण बुझाएका छैनन्।

गत वै‍शाखमा भएको स्थानीय तहको निर्वाचनमा बाँकेमा दुई हजार दुई सय जना उम्मेदवार बनेका थिए। तीमध्येमा पाँच सय जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जानकारी दिएको छ।खर्च विवरण बुझाएकाले पनि ढिलोगरी बुझाएका थिए।

निर्वाचन कार्यालयले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरेको छ। नाम सार्वजनिक हुँदासमेत उम्मेदवारले लज्जाबोध गरेका छैनन्।बाँकेका ठूला पार्टीका उम्मेदवारले समेत विवरण नबुझाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ढिलोगरी विवरण बुझाएका छन्। नेपालगञ्जका मेयरमा प्रतिस्पर्धा गरेका अन्य ठूला पार्टीका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकामध्ये कतिपय मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्ने तरखरमा छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले समयमै विवरण बुझाउनु पर्नेमा बाँकेमा धेरैले नबुझाएको बताए।निर्वाचन आयोगले उम्मेदवारलाई कडाइका साथ नीति र नियमभित्र रहन बाध्य पार्न नसक्दा जे गरे पनि हुन्छ भन्ने भावनाको विकास भएको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस