तीजकाे अवसरका ब्याडमिन्टन प्रतियोगिता

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १३ : ४८
तीजकाे अवसरका ब्याडमिन्टन प्रतियोगिता

लमजुङ । हरितालिका तिजको अवसरमा लमजुङ मर्स्याङ्दी युवा क्लबले आयोजना गरेको तीज उत्सवअन्तर्गत ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।क्लबका पूर्वअध्यक्ष प्रवीण कुमार कायस्थको स्मृतिमा आयोजित खुल्ला युगल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

तीन दिनसम्म जारी रहने प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा लमजुङसहित गोरखा, चितवन, बुटवल काठमाडौं लगायतका ठाउँबाट प्रतिस्पर्धाका निम्ति सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र र दुई समूहलाई नगद १० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको क्लबले जनाएको छ ।

विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका कारण विगतका दुई वर्ष कुनै पनि कार्यक्रम गर्न नपाएको क्लबले यस वर्ष प्रतियोगिता सहित सांगीतीक तिज उत्सव गर्ने भएको हो ।

तीजका अवसरमा हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि सोही क्रमलाई निरन्तरता दिँदै तिज उत्सव गर्न लागिएको क्लबले जनाएको छ ।ब्याडमिन्टन प्रतियोगिताको अलावा हरितालिका तिजको मुख्य दिन १४ गते फूलबारी मञ्चमा विशेष साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस