पाकिस्तानी टोलीमा फर्किए हसन अली

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, ११ : ४६
पाकिस्तानी टोलीमा फर्किए हसन अली

काठमाडौं । तीव्र गतिका बलर हसन अली एसिया कप खेल्ने पाकिस्तानी टोलीमा फर्किएका छन् । उनलाई अर्का तीव्र गतिका बलर मोहम्मद वसिमको स्थानमा टोलीमा बोलाइएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । 

वसिम मेरुदण्डको समस्याका कारण एसिया कपबाट बाहिरिएका हुन् । खराब लयका कारण अली यसअघि घोषणा गरिएको पाकिस्तानी टोलीमा समावेश थिएनन् । आजबाट युएईमा सुरु हुने एसिया कपमा ६ टोली सहभागी हुँदैछन् । एसिसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

पाकिस्तान साबिक विजेता भारत र हङकङसँगै समूह ‘ए’ मा छ । पाकिस्तानले पहिलो खेल आइतबार भारतविरुद्ध खेल्नेछ । समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान र बङ्गलादेश  छन् ।टी–२० शैलीको प्रतियोगितामा समूहका शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले  ११ सेप्टेम्बरमा फाइनल खेल्नेछ । आज हुने उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस