३ सय ४० किलो गाँजा सहित दुई जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, ०८ : ०१
३ सय ४० किलो गाँजा सहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले तीन सय ४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौंडा आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको ट्रकमा दुई सय ५६ किलो र ना ८ ख २७१८ नम्बरको अर्को ट्रकमा ७५ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ। 

प्रहरीले २५६ किलो गाँजा फेला परेका ट्रकका चालक भीमफेदी(९ महाभिरका ३५ वर्षीय प्रकाश लामालाई ट्रकसहित नियन्त्रणमा लिएको र अर्का ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै प्रहरीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख २२०८ नम्बरको बस चेकजाँच गर्दा रौतहट २७ वर्षीय लखिन्द्र बैठाको साथबाट साढे नौ किलो गाँजा बरामद भएको ञजनाएको छ।


 

प्रतिक्रिया दिनुहोस