डाईपरमा लुकाएर सुन ल्याउने महिला पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १९ : ०६
डाईपरमा लुकाएर सुन ल्याउने महिला पक्राउ

काठमाठौं । डाईपरमा लुकाएर ल्याएको सुनसहित एक जना महिलालाई विमानस्थल प्रहरीले पक्रेको छ । हिजो बिहीवार फ्लाई दुबईको उडानबाट नेपाल आएकी ५६ वर्षीया कविता श्रेष्ठ पक्राउ परेकी हुन् ।भक्तपुर नगरपालिका वडा नम्बर ८ सुकुलढोका कि श्रेष्ठले आफूले लगाएको ‘सल्याक्स’ भित्र डाईपरमा लुकाएर ७७० ग्राम सुन ल्याएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले उक्त सुन प्लाष्टिकसहित अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको अवस्थामा फेला पारिएको हो । हाल पक्राउ परेकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाईएको छ ।

पछिल्लो केही समय यता विमानस्थलमा अवैधरुपमा सुन बोक्ने मानिहरु पक्राउ पर्ने गरेका घटनाको संख्या बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस