कालोबजारी नियन्त्रण गर्न आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १८ : १०
कालोबजारी नियन्त्रण गर्न आग्रह

काठमाडौं । चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासंघले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लबमा शुक्रवार पत्रकार सम्मेलन गर्दै महासंघले गुणस्तरहीन खाद्यान्न, मूल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो ।

अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरे । उनले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए । 

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताए । उनले उपभोक्ताविरुद्ध लाग्ने जोसुकैलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।

कार्यक्रममा महासंघका प्रवक्ता लुमडी कार्कीलगायतले कालोबजारी रोक्न माग गरेका थिए । महासंघमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ संघ आबद्ध छन् । महासंघको सात वटा प्रदेश समितिहरू तथा विभिन्न जिल्ला समिति क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस