अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १८ : ०४
अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं । अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस