‘सिटिजन लिडर्स नाइट २०२२’ को पाँचौं संस्करण सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १७ : ५५
‘सिटिजन लिडर्स नाइट २०२२’ को पाँचौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको पाँचौं संस्करण २०७९ साल भाद्र ९ गते (बिहीबार) होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।

हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २ सय ७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ३ सय ६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितिमा कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक “झण्डा”को विमोचन गरी भएको थियो । कार्यक्रममा मूख्य अतिथिका रुपमा डा.भागवान कोइरालाको उपस्थिति थियो । आफ्नो जीवनका भोगाइहरु व्यक्त गर्दै र सकारात्मक सोचको बारेमा केही कुराहरु राख्दै उँनले आफूले मनदेखि चाहेको खण्डमा केहि कुरापनि असम्भव छैन भन्ने कुरामा जोड दिँदै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे ।

प्रतिक्रिया दिनुहोस