स्वास्थ्यमन्त्री अस्वस्थ

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १६ : २३
स्वास्थ्यमन्त्री अस्वस्थ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । उनलाई रिंगटा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार उनको भर्ना गरिएको हो । 

भिआइपी कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनी बिहीबार गृहजिल्ला तेह्रथुमसहित पूर्वका जिल्लामा भ्रमणमा पुगेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस