निहारिकाले फिर्ता गरिन् करिश्माको पैसा र चश्मा, उजुरी दिने तयारी

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १५ : ४३
निहारिकाले फिर्ता गरिन् करिश्माको पैसा र चश्मा, उजुरी दिने तयारी

काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले यसअघि उनलाई सहयोग गरेको २१ हजार रुपैयाँ र उनका छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छिन् । करिश्माको गोदावरीस्थित घरमा नै पुगेर उनले पैसा र चश्मा फिर्ता गरेकी हुन् । उनी दुई वर्षको छोरा च्यापेर करिश्मालाई पैसा दिन पुगेकी थिइन् ।

यसअघि असारमा निहारिका अनसन बसेको वसन्तपुरमा पुगेर उनलाई सहयोग गर्ने भन्दै २१ हजार रुपैयाँ दिएकी थिइन् । तर, गत साता उनले फेसबुकमा एउटा स्टाटस लेखेर आफूले गलत ठाउँमा पैसा दिएको आभास भएको दाबी गरेकी थिइन् ।उनले आफूले गलत गरेको दाबी गर्दै फेसबुकमा निहारिकाका केही तस्वीर पनि राखेकी थिइन् । 

आज निहारिका उनको घरमा पुग्दा उनी एक तीज कार्यक्रमका लागि सजिएर जान तयार थिइन् । त्यहाँ नै पुगेर निहारिकाले पैसा फिर्ता दिएकी हुन् ।पार्टी प्यालेसमा पुगेकी करिश्मा र निहारिकाबीच पार्टी प्यालेसमा नै केहीबेर भनाभन भएकोसमेत सार्वजनिक एक भिडियोमा देखिन्छ ।

पैसा फिर्ता गरेपछि निहारिकाले करिश्माविरुद्ध आफ्ना नीजि तस्वीर सार्वजनिक गरेकामा उजुरी दिने तयारी गरेकोसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस