सहन्यायाधिवक्ता पूर्णबहादुुर केसीलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १५ : ३६
सहन्यायाधिवक्ता पूर्णबहादुुर केसीलाई कोरोना संक्रमण

काठमाडौं । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता पूर्णबहादुुर केसीलाई कोरोना संक्रमण देखिएको छ। ज्वरो आउने र खोकी लागेपछि उनले कोरोना परीक्षण गरेका थिए।जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले शुक्रबार बिहान कोरोना परीक्षण गर्दा सहन्यायाधिवक्ता केसीलाई कोरोना देखिएको बताइन्।

कोरोना देखिएपछि अहिले उनी होम आइसोलेसनमा बसेका छन्। चार दिनदेखि उनलाई ज्वरो आउने र खोकी लाग्ने गरेको थियो।सहन्यायाधिवक्तालाई कोरोना देखिएपछि अदालतबाट हुने मुद्दाका सुनुवाइका कार्यक्रम प्रभावित हुने जिल्ला अदालतका श्रेष्तेदार कमलकुमार आचार्यले जानकारी दिए।

पाँच दिनसम्म ती कार्यक्रम प्रभावित हुनेछन्। कोरोना संक्रमित भएपछि उनले सुनुुवाइमा भाग लिन पाउने छैनन्। उनीसहित पछिल्लो समय हुम्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३३ पुुगेको छ।६ महिनापछि हुम्लामा कोरोना देखिएको हो। कोरोना लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो आउने बिरामीको संख्या जिल्लाभरि वृद्धि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस