भरतपुरमा १० करोडको लगानीमा भर्मोरा ब्राण्डको नयाँ शोरुम सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १५ : १७
भरतपुरमा १० करोडको लगानीमा भर्मोरा ब्राण्डको नयाँ शोरुम सञ्चालन

चितवन । भरतपुरमा अन्तराष्ट्रिय स्तरको ‘भर्मोरा टाइल्स–बाथवयर शोरुम’ सञ्चालनमा आएको । चितवनका दुई युवा व्यवसायी नवराज पोखरेल र सन्दिप अर्यालले १० करोडको लगानीमा उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् ।

बिहीबार भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित स्थापित नयाँ शोरुमको एक कार्यक्रमका बिच बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले पछिल्लो समय आधुनिकतासँगै घर तथा भवनहरुको सजावटमा टाइल्स आवश्यकता बन्दै गएको बताउँदै चितवनमै ब्राण्डेड कम्पनीका टाइल उपलब्ध हुन पाउनु चितवनबासीका लागि गर्वको कुरा रहेको बताए ।

भर्मोराले चितवनका स्थानीयलाई गुणस्तरीय सामान उपलब्ध गराउने र उक्त शोरुमले देशको आर्थिक क्षेत्रमा थप टेवा पुर्याउने समेत उनले विश्वास लिए । त्यस्तै शोरुमका सञ्चालक नवराज पोखरेलले नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरु र इलेक्ट्रीकल्स अप्प्लिएन्सेहरुका बारेमा जानकारी गराए ।

भर्मोराको उक्त शोरुममा बाथरुम, किचन, फ्लोर, कौशी तथा कमर्सियल भवनहरुका लागि आवश्यक सबै किसिमका टाइलहरु र इलेक्ट्रीकल्स अप्प्लिएन्सेहरु उपलब्ध हुने सञ्चालक अर्यालले बताए । उक्त शोरुमबाट चितवनलगायत नवलपरासी, धादिङ, गोरखा, लमजुङ, मकवानपुर जिल्लाका ग्राहक लाभान्वित हुने उनले विश्वास लिए ।

 

प्रतिक्रिया दिनुहोस