आज यी स्थानका अवैध संरचना हटाउँदै काठमाडौं महानगरपालिका

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १३ : ०८
आज यी स्थानका अवैध संरचना हटाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध रूपमा बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । बिहीबार निर्देशन दिएका विभिन्न ठाउँमा शुक्रबार डोजर चलाउने महानगरपालिकाले जनाएको छ । आज शंखमूल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह स्वयं नै पुगेर अवैध संरचना हटाउन आग्रह समेत गरेका थिए । महानगरपालिकाले बिहीबार मात्रै नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले अवैध रूपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस