काठमाडौं । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुका लागि छुटको योजना ल्याएको छ। महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।
अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिइने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ।ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १५ : ५६
लेखकबाट थप