महिला साफ च्याम्पियनसीपका लागि भुटानको राष्ट्रिय टीम भोलि नेपाल आइपुग्ने

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १९ : ३२
महिला साफ च्याम्पियनसीपका लागि भुटानको राष्ट्रिय टीम भोलि नेपाल आइपुग्ने

काठमाडौँ । आगामी २१ भदौदेखि सुरु हुने महिला साफ च्याम्पियनसीपका लागि भुटानको राष्ट्रिय महिला फुटबल टीम बिहीबार काठमाडौँ आइपुग्ने भएको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार भुटानी टोली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। प्रतियोगिताका लागि नेपाल आइपुग्ने भुटानी महिला टीम पहिलो विदेशी टीम हो। समूह ‘बी’मा रहेको भुटानले आयोजक नेपाल र  श्रीलंकासँग समूह चरणमा प्रतिस्पर्धा गर्ने छ।

२१ भदौदेखि ३ असोजसम्म आयोजना हुने महिला साफ दशरथ रंगशालामा हुनेछ। यो पटक भारतीय टीम प्रतिबन्धमा रहेकाले खेल्नेरनखेल्ने अन्योल रहेको छ।

प्रतिक्रिया दिनुहोस