रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा अर्याल

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ०७ : ५६
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य अर्याललाई उपसभापति चयन गरिएको हो । 

यस्तै हाल प्रवक्ता रहेका डा मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरिएको छ । यस्तै आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको ढकालले जानकारी दिए । 

बैठकले आम नेपाली जनताले दैनिक जीवनमा सामना गर्नु परिरहेका समस्याहरु समाधानमा सहयोग गर्ने, सामाजिक कार्यमा सहकार्य गर्ने र बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गर्ने निर्णय पनि गरेको छ ।