काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामाथि संसदमा प्रश्न उठेपछि रास्वपाले उठेका प्रश्नबारे छलफल गर्न सचिवालय बैठक बोलाएको बुझिएको छ । उपसभामुख रानाले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सत्तापक्षका सांसदहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा