डेविड वार्नर ९ वर्षपछि बिग बास लिगमा फर्किए

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १४ : १३
डेविड वार्नर ९ वर्षपछि बिग बास लिगमा फर्किए

काठमाडौं  अस्ट्रेलियन ब्याटर डेविड वार्नरले लामो समयपछि बिग बास लिग (बिबीएल) खेल्ने भएका छन् । ​वार्नरले बिबीएलका लागि सिड्नी थन्डरसँग दुई वर्षको सम्झौता गरेका छन् ।आगामी सिजन उनी टोलीको हिस्सा हुनेछन् । यसअघि वार्नरले युएई इन्टरनेसनल टी-२० लिगमा दुबई क्यापिटल्सबाट खेल्ने अनुमान गरिएको थियो । तर, उनले सिड्नी थन्डरसँग सम्झौता गरेसँगै यी सबै हल्लाको अन्त्य भएकाे छ ।

क्रिकेट डटकम एयुको रिपोर्ट अनुसार वार्नरले छोरीले आफूलाई बिबीएलमा खेलेको हेर्न चाहेकाले याे निर्णय लिएकाे बताएका छन् । 'मेरा छोरीहरूले मलाई घरमा बिबीएल खेलेको हेर्न चाहन्छन्, परिवारको रूपमा बिबीएलको हिस्सा बन्न पाउनु राम्रो हुनेछ । म यसबारे धेरै उत्साहित छु,' उनले भनेका छन् ।वार्नरले पछिल्लोपटक २०१३ मा सिड्नी थन्डरबाटै बिबीएल खेलेका थिए । अब उनी फेरि आफ्नै देशकाे घरेलु लिग खेल्दै गरेको देखिनेछन् ।बिबीएलकाे नयाँ सिजन अगामी १३ डिसेम्बरदेखि ४ फेब्रुअरीसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस