भारतमा एकै दिनमा ११ हजार ५३९ जना कोरोना भाइरस सङ्क्रमित

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १३ : ५९
भारतमा एकै दिनमा ११ हजार ५३९ जना कोरोना भाइरस सङ्क्रमित

काठमाडौं  भारतमा एकै दिनमा ११ हजार ५३९ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ। योसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार ४२९ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन्।

भारतमा एक दिनअगाडि अर्थात् शनिबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १३ हजार २७२ जनामा सङ्क्रमण देखा परेको थियो। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ हजार ८७९ जना रहेका छन्।

गत २४ घण्टाको समय अवधिमा कोरोना सङ्क्रमणबाट यहाँ ४३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना शुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार ३३२ व्यक्तिको मृत्यु भइसकेको छ।भारतमा हिजो एक दिनमा १२ हजार ७८३ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कुल चार करोड ३७ लाख १२ हजार २१८ जना कोरोनामुक्त भएका छन्।
 
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ६० लाखभन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना शुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस