कांग्रेस नेता र मुख्यमन्त्री पाण्डेद्वारा मेडिसिटी पुगेर गिरिप्रति श्रद्धाञ्जलि व्यक्त

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १३ : ११
कांग्रेस नेता र मुख्यमन्त्री  पाण्डेद्वारा मेडिसिटी  पुगेर गिरिप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। मुख्यमन्त्री पाण्डे केहीबेर अगाडि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९।३० बजे निधन भएको थियो। गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन्।

पूर्वराष्ट्रपति डा रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

प्रतिक्रिया दिनुहोस