गाँजासहित धनकुटाबाट एक युवक पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ११ : ४२
गाँजासहित धनकुटाबाट एक युवक पक्राउ

काठमाडौं   धनकुटा-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ परेका छन् ।

साँगुरीगढी गाउँपालिका-९का २० वर्षीय सुनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस