विद्यार्थी परिषद्ले ११ हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १७ : ४२
विद्यार्थी परिषद्ले ११ हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ वटा हिमाली जिल्लाहरूमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थी परिषद्ले शुक्रबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरी ११ वटा हिमाली जिल्लाहरुमा शैक्षिक सामग्रीहरू वितरण गर्न जनाएको हो ।

परिषद्ले सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा ३२ लाख २७ हजार लागत मूल्य रहेको व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिए ।

परिषद्ले हिमाली भेगमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी ११ वटा जिल्लाका कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गर्न गइरहेको परिषद्का महासचिवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस