बसेनी सामुदायिक वनमा बृद्धाको शव भेटियो

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १५ : ४३
बसेनी सामुदायिक वनमा बृद्धाको शव भेटियो

काठमाडाैँ । गुल्मीमा बेवारिसे अवस्थामा शव फेला परेको  छ। जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा एक बृद्धाको शव फेला परेको छ। शव मसिकोट नगरपालिका–१ पौदी अमराइकी ७९ वर्षीय  सेतीदेवी पछाईको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए। 

शनिबार बिहान स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहालसहितको टोली शव भएको स्थलमै पुगेर मुचुल्का तयार पारेको र शवलाई अहिले पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ।

पोष्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाइने दाहालले बताए। शव सडेको अवस्थामा फेला परेको थियो। पछाई करिब एक सातादेखि सम्पर्कविहीन बनेकी थिइन्। पछाई एकल महिला रहेको र उनका सन्तान कोही नभएकाले पौदी अमराइमा भाइको घरमा बस्दै आएकी थिइन्। 

पछाईको मृत्युबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस