मेडिसिटी पुगेर राष्ट्रपति भण्डारीले लिइन् गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १३ : ४३
मेडिसिटी पुगेर राष्ट्रपति भण्डारीले लिइन् गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडाैँ । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छन् । राष्ट्रपति भण्डारीले अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्। 

शनिबार विहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीले गिरीको स्वास्थ्य अवस्था बुझ्दै करिब एक घण्टासम्म त्यहाँ बसेकी थिइन् ।

यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेर प्रचण्डले कांग्रेस नेता तथा एक बौद्धिक राजनीतिज्ञ प्रदीप गिरिको स्वास्थ स्थितिबारे जानकारी लिएका थिए ।

यस अघि आईसीयूमा राखेर उपचार भइरहेको भएपनि  बिहीबारदेखि भने गिरिलाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए । 

प्रतिक्रिया दिनुहोस