नागरिक विधेयक हुबहु पारित गरिनु तुजुक जस्तो भयो : पूर्वसभामुख ढुंगाना

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १० : ०५
नागरिक विधेयक हुबहु पारित गरिनु तुजुक जस्तो भयो : पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेकामा असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रपति पेस गरेका बुँदामा विचारै नगरी विधेयक हुबहु पारित गरिनु तुजुक देखाएको जस्तो भएको टिप्पणी उनले गरेका छन्। 

‘प्रथमतः राष्ट्रपतिले नागरिक विधेयक फर्काइदिएपछि पर्याप्त वा उचित समय दिएर खुला मनले बुँदाबुँदाउपर हर दृष्टिकोणबाट पुनर्विचार गर्नै पर्दथ्यो’, पूर्वसभामुख ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभाले त्यसो गरेको देखिएन। तुजुक जस्तो भयो। लोकतान्त्रिक संस्कार विकासबारे निराशा बढायो।’

बिहिबार बसेको प्रतिनिधी सभाले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले  जस्ताको तस्तै पारित गरेको छ। अब राष्ट्रिय सभाले पारित गर्न बाँकी छ। त्यसपछि प्रमाणीकरणका लागि विधेयक पुनः राष्ट्रपतिकहाँ पठाइनेछ।  

प्रतिक्रिया दिनुहोस