काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।
उनको कलेजाेसम्बन्धी राेगको उपचार चलिरहेको थियो । २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसदमा उनी सभामुख भएका थिए । उनी २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग
पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण