काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ । सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तित्व समेत सहभागी भएका छन् ।
श्रद्धाञ्जलीपछि ढुंगानाको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा
संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छ : पूर्व सभामुख ढुङ्गाना
पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति
पूर्वसभामुख महरालाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन