ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१  जना कलेजका विद्यार्थी कारवाहीमा

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १६ : १६
ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१  जना कलेजका विद्यार्थी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियान अन्तरगत बुधबार ५४ जना चालकलाई कारवाही गरेको छ । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । 

जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने  २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारवाहीमा परेका छन् ।

यस्तै आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना , एम्बुलेन्सका चालक ४ जना र  २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि कारवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारवाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस