साफ यू–१९ : नेपालको पहिलो खेल भुटानसँग

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १५ : ०५
साफ यू–१९ : नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको  नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस